सिमकोट । हुम्ला जिल्लामा नियमित हवाइ उडान पुनः संञ्चालनको मार्ग गर्दै जिल्ला प्रशासन कार्यलयमा छलफल गरिएको छ ।
नेपाल नागरीक उड्यान प्राधिकरणको साउन १२ गतेको परिपत्र अनुसार हिमाली जिल्लामा दिउसो १२ बजे भन्दा पछि हवाई उडान बन्द गर्ने निर्णयले हुम्ली नागरीकले निकै सास्ती खेपिरहनु परेको छ ।
प्राधिकरणको हालैको निर्णयले गर्दा नियमित हवाई उडान नहुदा जिल्ला अस्पताल हुम्लाबाट रिफर गरे पनि जिल्ला बाहिर सुबिधा सम्पन्न अस्पतालमा लिन नपाउदा चार जना बिरामीको मृत्यु भइसकेको छ । सोही कुराको मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यलयमा छलफल गरिएको हो ।
उत्त छलफलले बर्षा यामको समयमा बिहान मौसम नखुल्ने बेला प्राधिकरणको निर्णयले जिल्लाका नागरीकले सास्ती खेपिरहेको भन्दै मौसम सफा जतिबेला हुन्छ तेतिबेला उडान भर्न पाउने माग गरेको छ । यस्तै जिल्लाका नागरीका लागि खाद्ययन्न ढुवानी गरिरहेको हेलिकप्टरले समेत नियमित उडान भर्न पाउने माग गरिएको हो । प्राधिकरणको निर्णय भन्दा अगाडी जिल्लामा एक सातामा ४० उडान भर्दै आएकोमा पछिल्ला दिनमा सातामा जम्मा १६ उडान भर्ने गरेकाले जिल्लाबासीलाई निकै सास्ती भएको हो ।
नियमित हवाईउडान प्रभाबित हुदा सिमकोट शाखामा रहेको खाध्य ब्याबस्था तथा ब्यापार कम्पनी लिमिटेडकमा हाल २८ सय कुइन्टल मात्र खाध्यन्न मौजाद रहेको हुनाले भदौ महिनाको पहिलो साता यहाँका नाँगरीकहरुलाई खाध्यन्न बिक्री बितरण गरिने भएको छ । त्यसपछि नियमित हवाइ उडान नहुदा चाडपर्ब नजिकै आउने भएकाले खाध्यन्नको समस्या हुने संकेत देखिएको छ ।
आजको बैठकले आउदा दिनहरुमा नियमितहवाइ उडान भयो भने बिरामीलाई पहिलो प्राथामिकता दिने भएको छ ।
उत्त छलफलको निर्णय नेपाल नागरीक उड्यान मन्त्रालयमा पठाउने भएको छ । यदि सोही निर्णयलाई लागु नगरे सिमकोट बिमानस्थलमा ताला लगाउनुका साथै जिल्ला स्थित राजनितिकम दल,जनप्रतिनिधिहरुले चेतावानी दिएका छन ।
प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलको अध्यक्षतामा बसेको छलफलमा जिल्ला समन्वय समिति सदस्य सरिता रावत,खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्ण रावल, अदानचुली गाउँपालिका अध्यक्ष मोहन बिक्रम सिंह, सिमकोट गाउँपालिका उपाध्यक्ष शुसिला रोकाया, ३ वटै सुरक्षा निकायका प्रमुख, जिल्ला स्थित राजनितिक दलका प्रतिनिधि,सरकारी तथा गैरसरकारी कार्यलयका प्रतिनिधि र संञ्चारकर्मीहरुको सहभागीता रहेको थियो ।