कालीकोटको नरहरीनाथ गाउँपालिकामा स्थानीय तहको समाबेशी तथा गुणस्तरीय शिक्षा नीति अध्यावधिक सम्बन्धि ३ दिने कार्याशाला सम्पन्न भएको छ । प्लान नेपाल र किर्डाक नेपालको ब्यबस्थापनमा आयोजना गरीएको कार्यशाला गोष्ठी गाउँपालिकाका कार्यबाहक अध्यक्ष कटक बहादुर बुढा द्धारा उद्घाटन गरीएको उक्त्त कार्यशाला गोष्ठीको सहजीकरण नरहरीनाथ गाउँपालिका शिक्षा प्रमूख दुर्गलाल न्यौपानेद्धारा गरिएको हो ।
कार्यशालामा वडा अध्यक्ष लगायत कार्यपालिका सदस्य, विषयगत शाखाका प्रमूख, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक अभिभाबक संघका अध्यक्ष, प्रधान ध्यापक, बाल विकास सहज कर्ता, नागरिक समाज, पत्रकार लगायत बालक्लवका प्रतिनिधि गरी जम्मा ३१ जना सहभागिहरु यस कार्यशालाबाट लाभान्बित भएको कुरा किर्डाक नेपालका परियोजना संयोजक मनलाल जैसीले जानकारी दिनु भयो ।
कार्यशालामा दिगो विकासमा शिक्षा सम्बन्धिका प्रावधान, नेपालको संविधानमा शिक्षा सम्बन्धि व्यवस्था, शिक्षा नीति, समाबेशी तथा गुणस्तरीय शिक्षा हुदै नरहरीनाथ गाउँपालिकाको शिक्षा नीतिका बारेमा सहभागितामूलक छलफलले सरोकारवालाहरुको ध्यान आकर्षण गराएको नन्दादेबी मा वि का प्रधानाध्यापक रत्न सिंह साउदले बताए । उनले शिक्षा नीतिमा अति व्यवहारिक विषय वस्तु समेटिएको र कार्यान्वयन हुन नसकेको साउदको बताउनु भयो ।
गाउँपालिकाको शिक्षा नीतिमा बालविकासलाई उच्च प्राथामिकतामा राखेको भएता पनि न्युनतम मापडण्ड पनि पूरा हुन नसकेको र बालविकास सहजकर्ताले अझै पनि दस हजार मासिक पारिश्रमिकमा चित्त बुझाउनु पर्ने बाध्यता भएको बालविकास सहजकर्ता शिवा विष्टको छ ।
गाउँपालिकाबाट करार शिक्षकको उचित व्यवस्थापन हुन नसक्दा नियमित अध्यायन अध्यापनमा असर परेको, आधारभूत तहमा स्थानीय पाठ्यक्रम अर्निवार्य लागु गर्ने कुरा शिक्षा नीतिमा भनियता पनि यसको पाठ्यक्रम निर्माण भइ विद्याालयसम्म पुग्न नसकेकाले पठन पाठनमा अन्यौल्ता भएको, विद्यालयका कार्यालय सहयोगीहरुले खाईपाई आएको मासिक पारिश्रमिक साडे नौ हजाबाट घटेर आठ हजार भएको कुराले व्यवस्थापनमा असहज भएको रमा मा वि का प्रधान ध्यापक हरिश्चन्द्र बटाको भनाइ छ ।
शिक्षा ऐनमा भएको व्यवस्था अनुसार यस गाउँपालिकामा रहेका निजी विद्यालयहरुले कम्तिमा १० देखि १५ प्रतिशत बालबालिकाहरुलाई छात्रबृद्धि उपलब्ध गराउनको लागि स्थानीय सरकारले पहल गर्न सकेको खण्डमा गरिब तथा बिपन्न बर्गका बालबालिकादे राहत पाउने कुरा प्लान इन्टरनेस्नलका परियोजना संयोजक शिक्षा भाटको थियो ।
यो कार्याशाला हामी नव निबाचित जनप्रतिनिधिका लागि अति उपयोगि रयो बालबालिकाहरुलाई जीवन उपयोगी सीप, यौन तथा प्रजनन् स्वास्थ्यका र बालबालिकाहरुलाई भविष्यमा के बन्ने भनेर वर्तमान भिजनिङ गराउने भन्ने कुरा आफ्नो लागि नयाँ भएको र यो शिक्षा नीति लागु गर्न प्रतिवद्ध रहेको कुरा वडा ६ नम्बर वडाका वडा अध्यक्ष पौराम बि कले बताए ।