सिमकोट । नेपाल बीमा प्राधिकरणको प्रादेशिक कार्यालय अन्तर्गतको कर्णाली प्रदेश कार्यालयले सिमकोट गाउँपालिका सँग नेपाल बीमा प्राधिकरण विषयक छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेको छ ।
नेपाल बीमा प्राधिकरण कर्णाली प्रदेश र सिमकोट गाउँपालिका हुम्ला बिच सदरमुकाम स्थित मानसरोवर होटेल गरिएको हो । उत्त कार्यक्रममा प्रादेशिक कार्यालय प्रमुख पदम सोडारीले बीमा र बीमा प्राधिकरणको बारेमा प्रस्तुतिकरण गर्नु भएको हो ।
प्रस्तुतिकरण पश्चातको छलफल कार्यक्रममा सहभागीहरुले ब्यात्ति उनुपस्थित,कृषि तथा विभिन्न बालीहरुको बीमाका बारेमा जिज्ञासा राखेका थिए ।
बीमकहरुले बीमालेख बिक्रि गर्दा बीमाको फाइदाहरु देखाउने तर दावीको समयमा बीमकहरु सम्पर्क बिहिन हुने,बीमा अभिकार्ताले बीमा गर्नेबेला सम्मा पछि लाग्ने तर किस्ता तिर्दा समेत कतिपय ठाउँमा सम्पर्क नगर्ने गरेको समेत गुनासो केहि सहभागीहरुले राखेका थिए ।
साथै, पशु बीमालेखमा चोरी भएको खण्डमा दावी भुक्तानी नदिने प्रावधान रहेको हुँदा सो प्रावधान हटाउनु पर्ने सुझाव समेत दिएका थिए । त्यसै गरी कुनै पनि बाली तथा पशुपन्छीको दुर्घटनाबाट क्षती हुँदा समयमै क्षती मूल्यांकन हुने व्यवस्था मिलाउन सुझाव दिएका थिए ।
छलफलमा उठेका प्रश्नहरुको जवाफ प्रमुख सोडारीले दिनु भएको थियो ।
बीमा गर्दा ठुलो बीमाङ्कको नगरी आफ्नो आवश्यकता र आय श्रोतका आधारमा गर्नु पर्ने धारणा राखेका थिए ।
कार्यक्रमको समापनमा सोडारीले सहभागीहरुबाट प्राप्त भएको सुझावहरु प्राधिकरणले आगामी दिनहरुमा सम्बोधन गर्दै जाने र गाउँपालिकालाई बीमा सम्बन्धी आवश्यक पर्ने सहयोग र सुझावका लागि बीमा प्राधिकरण जुनसुकै समयमा पनि तयार रहेको धारणा राख्नु भएको थियो ।
साथै बीमा कम्पनीका प्रतिनिधीहरुलाई समय समयमा जिल्ला भित्रका सबै समुदायमा गई आवश्यक समन्वय गर्नका लागि अनुरोध समेत गर्नु भएको हो ।
कार्यक्रमको अध्यक्षता नेपाल बीमा प्राधिकरण कर्णाली प्रदेश कार्यालय प्रमुख पदम सोडारीले गगर्नु भएको थियो । कार्यक्रमका प्रमुख अतिथिको रुपमा सिमकोट गाउँपालिकाका अध्यक्ष बिजय भण्डारीको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेल,जिल्ला प्रहरी कार्यलय हुम्लाका प्रहरी नायव उपरिक्ष्गक भिमलाल भट्टराई, ५ नम्बर वडाका वडा अध्यक्ष चिना रावत, जिल्ला स्थित बीमकका शाखा कार्यालयका प्रतिनिधीहरु, गाउँपालिकाका कर्मचारीहरु, र सञ्चारकर्मीहरुको सहभागीता रहेको थियो ।