सिमकोट । ३ महिने बिशेष रुपान्तरण अभियान संञ्चालन गर्ने भन्दै नेकपा माओवादी केन्द्रले पत्रकार सममेलन गरेको छ । मंगलबार नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति हुम्लाले पार्टीले जनता माझ ३ महिने बिशेष पानतरण अभियान संञ्चालन गर्ने भन्दै पत्रकार सम्मेलन गरेको हो ।
हलको केन्द्रिय कमिटिको बैठकले जिल्लामा नया इन्चार्ज तोकेर पार्टीको बिशेष रुपान्तरण अभियान संञ्चालन गर्ने निर्णय अनुसार जनता संग बिशेष अभियान संञ्चालन गर्नकालागि पत्रकार सम्मेलन गरेको हो । आगमि १४ गते देखि जिल्लाका सात वटै स्थानिय तह र ४४ वडामा एक साथ संञ्चालन गर्ने भएको पत्रकार सममेलन मार्फत जानकारी गराएको छ ।
पार्टीले जन जनमा माओवादी घर घरमा माओवादी मुल नारा राखेर उत्त अभियानको सुरुवात गर्ने भएको केन्द्रिय सदस्य समेत रहेका जिल्ला समन्वय समितिका इन्चार्ज झक बहादुर मल्लले जानकारी दिनु भएको छ । उहाका अनुसार सबै ठाउँमा शुसानको कायम, समृद्धिको नारा र सरकारले लिएका कामको थालनी लगायतका बिषयलाई समेट्दै पार्टीले ३ महिने अभियान संञ्चालन गर्ने भएको हो ।
३ महिने अभियानले आफ्ना पार्टीका कार्यक्रर्ता मात्र नभई सबै नागरी समक्ष पुग्ने बताएको छ । यस्तै सबै जनाता माझ समन्वय गर्ने, जनाताका कुरा सुनी हरेक समस्याको समाधान गर्दै असल पार्टीको रुपमा परि कल्पनाको सृजना गर्ने, हुम्लालाई राष्ट्रिय सडक संञ्जाल संग यसै बर्ष जोड्न पहल कदमि गर्ने लगायतका कुराहरु लाई मध्यनजर गरी सममेलन गरेको हो ।
सम्मेलनमा जिल्ला इनचार्ज झक बहादुर मल्लले संञ्चारकर्मीले उठाएका बिभिन्न कुराको जवाफ समेत दिनुभएको थियो । यस्तै उत्त रुपान्तरण अभियान संञ्चालनका लागि जिल्लाका सातै पालिका र ४४ वटै वडा इन्चार्ज समेत तोकिएको जानकारी दिएको छ । जसमा जिल्लाको नाम्खा गाउँपालिकाका लागि सिता शाही,सिमकोटका लागि बिजय भण्डारी, खार्पनाथका लागि बिरजन शनही, सर्केगाडका लागि डा.दिपेन्द्र रोकाया, चंखेलीका लागि सर्पराज सिंह, अदानचुलीका लागि गंगा खड्का र ताँजाकोटका लागि लालकेश जैसीदलाई रुपान्तरणका लागि इन्चार्ज समेत तोकिएको छ । सातै गाउँपालिका उनिहरुको नेतृत्वमा रुपान्तरण अभियान संञ्चालन हुने भएको हो ।
उत्त सम्मेलन सदरमुकाम सिमकोट स्थित टिभोटेन होटेलमा पार्टीका जिल्ला इन्चार्ज झक बहादुर मल्ल,जिल्ला समन्वय समिति संयोजक डा. दिपेन्द्र रोकाया,ताँजाकोट गाउँपालिका अध्यक्ष लालकेश जैसी लागाएतका नेता तथा कार्यक्रताहरुका साथै संञ्चारकर्मीहरुको उपस्थि रहेको थियो ।