हुम्ला । लामो समय पछि जिल्लाको मध्य क्षेत्रमा रहेको सर्केगाड गाउँपालिकले प्रमुख प्रशासकीय अधिकृतका रुपमा शान्ती लामा पायको छ। यस अघि निमित्त प्रमुख प्रशासकीय अधिकृतकै भरमा सञ्चालनमा रहेकाे सर्केगाड गाउँपालिकाले लामालाई प्रमुख प्राशासकिय अधिकृतका रुपमा पाएको हो।
मंगलबार बिहान सर्केगाड गाउँपालिका अध्यक्ष ठान बहादुर रोकाय र प्रमुख प्रशासकिय अधिकृत शान्ति लामा सुर्खेत बाट हुम्लामा आइपुग्नु भएको छ। जिल्लाको सदरमुकाम सिमकोट आइपुग्नु भएका गाउँपालिका अध्यक्ष रोकाया र प्रमुख प्रशासकिय अधिकृत लामा अबको एक दुई दिनमा गाउँपालिकाकाे कार्यालयमा उपस्थित हुने अध्यक्ष रोकायले बताए।
केही दिन अघि मात्र संघीय मार्मिला तथा सामान्य प्रशासन मन्त्रालयले निमित्तका भरमा संञ्चालन भएका जिल्लाका सात वटै गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाएको थियो। अधिकृत लामा लोकसेवा आयोगबाट भर्खरै नियुत्ती भएपछि हुम्ला जिल्लामा तुरुन्त खटिने पहिलो अधिकृत भएकी छन । हाल सम्म अन्य पालिकाहरुमा कहिले आउने हुन् भन्ने टुङ्गो नभएपनि सर्केगाड गाउँपालिकाका लामा जिल्लामा उपस्थित भइसकेकि छन् ।
यता सदरमुकाम समेत रहेको सिमकोट गाउँपालिकाले भने उपाध्यक्षको नेतृत्वमा बैठक बसेरै जिल्लाबाहिरको कर्मचारी पठाउँदा जिल्ला बाहिर गइरहने, सेवा प्रवाहमा असर पर्ने लगायतका कारण देखाउँदै बाहिरको कर्मचारी नखटाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई आग्रह गरेको थियोे ।
जिल्लाका सात गाउँपालिकामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत खटाएको छ । जसमा दुई गाउँपालिकामा अब महिला प्रमुख प्रशासकीय अधिकृत हुने भएका छन्।
ताँजाकोट गाउँपालिकामा सजना कार्की र सर्केगाड गाउँपालिकामा शान्ति लामा महिला प्रमुख प्रशासकीय अधिकृत हुने छन्।
यस्तै, अदाचनचुली गाउँपालिकामा गिमन थापामगर, चंखेली गाउँपालिकामा सीताराम राईलाई खटाएको छ भने खार्पुनाथ गाउँपालिकामा रमेश सुनुवार, सिमकोट गाउँपालिकामा सुवास आले र नाम्खा गाउँपालिकामा शैलेश किरण राई चाम्लिङलाई स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाइएको छ।
जिल्लामा महिला प्रमुख प्रशासकिय अधिकृत पाउनेमा पनि सर्केगाड गाउँपालिका पहिलो बन्न सफल भएको छ ।