उत्तरी नाम्खा गाउँपालिकाका विभित्र खोलामा पर्ने चार वटा पक्की पुल निर्माण हुन थालेको पाँच वर्ष बितिसक्दा पनि ठेकेदारहरूको चरम लापरवाहीले हेप्का खोला, तागु्र खोला, सल्लिखोला र याङगारखोलको पुल अलपत्र परेका छन् ।
सिमकोट गाउँपालिका वडा नम्वर ७ र नाम्खा गाउँपालिका वडा नम्वर १ मा पर्ने हेप्का खोलामा पक्की पुल निर्माणको जिम्मा एमएस जेबि धुलिखेल काठमाडौंका प्रोपाइटर तेजबहादुर महतले जिम्मा लिएका थिए । ०७४ साल ६ साउनमा दुईवर्ष भित्रै सक्ने हेप्का खोलाको ठेकेदार तेजबहादुर महतले पाँच वर्षसम्म पुल निर्माण नगरि अलपत्र बनाएका छन । नाम्खा गाउँपालिका १ भित्र पर्न ताग्रुखोलाको पुल निर्माण जिम्मा लिएका ठेकेदार महतले यो पुल पनि अलपत्र पारेका छन् ।
यस्तै स्वच्छन्द काग्री जेबीका प्रोप्राइटर छिरिङउटुप लामाले नाम्खा गाउँपालिका वडा नम्वर ४ मा पर्ने सल्ली खोलाको पुल निर्माणको जिम्मा लिएका थिए । तर, पाँच वर्ष भइसक्दा पनि पल अलपत्र परेको छ । २०७६ माघ १० गते नाम्खा गाउँपालिका वडा नम्वर ४ स्थित याङ्गार खोलामा पुल निर्माण गर्न धुलिखेल निशान जेबी बानेश्वर काठमाडौंका प्रोप्राइटर अकिल बुढाले ठेक्का लिएका थिए । तीन वर्षबितिक्दा पनि ठेकेदार बुढाले अलपत्र पारेका छन् ।
त्यस्तै सिमकोट गाउँपालिका वडा नम्वर ७ र नाम्खा गाउँपालिका वडा नम्वर १ हेप्का खोलामा पूर्वधार विकास कार्यालयले २३ लाखमा निर्माण गरेको काठेपुलबाट गाडी गुड्छन । भने सल्लिखोला र याङगार खोलामा पनि काठे पुलकै साहयतामा गाडी गुड्ने गरेका छन् । ताग्रु खोलामा खोला तरेर गाडी आवतजावत हुने गरेका छन । पुल समयमै निर्माण नभएपछि काठेपुल र खोला तरेर गाडीहरू आवतजावत गर्न थालेका छन् ।
पाँचदेखि चार खोलाको निर्माधिन पुल अलपत्र पारेका हुम्लाका ठेकेदारहरूले विभित्र बाहाना बाजिमा म्याद थपको माग गर्न गरेका छन । कहिले हिमपातको बाहना, कहिले कोराना महामारी, त कहिले ढुवानीको बाहना देखाउदै आएका छन् ।
दुई वटा पुल ठेकेदार तेजबहादुर महत, र सल्लिखोलाको पुल ठेकेदार छिरिङउटुप लामाको अलपत्र पारेका छन । यस्तै गरि याङगारखोलाको पुल ठेकेदार अकिल बुढाले अलपत्र पारेका छन । हिल्सा सिमकोट सडक योजना कार्यालय हुम्ला ठेकेदारलाई म्याद थप्दै ठिक्क देखिएको छ । पाँच वर्ष सम्म पुल निर्माण नहुदाँ कार्यालय म्याद थप्दै बस्ने गरेको पाईएको छ ।
करोडौ लगानी पुल दुईवर्ष भित्रै सम्पन्न गर्न सम्झौता भएका हेप्काखोला, सल्लिखोला, ताग्रुखोला निर्माण ढिलाई हुदाँ चार पटक म्याद थपेको हिल्सा सिमकोट सडक योजना हुम्लाले जनाएको छ । याङगारखोला पुल निर्माणको दुई वर्ष ढिलाई हुदाँ दुई वर्ष म्याद थप गरेको छ । ठेकेदारलाई ताकेता नदिने सधै जिल्ला बाहिर बस्दै आएका हिल्सा सडक सिमकोट सडक योजना हुम्लाका प्रमुख वीरेन्द्र कुमार यादवसँग बुझ्दा म बोलेर भन्दा कलम चलाएर काबाही गर्ने बताउनु भयो ।
कार्यालय प्रमुख जिल्लामा नबस्ने मुख्य समस्या भएको स्थानीयहरू गुनासो गर्दै आएका छन । ठेकेदारलाई ताकेता नदिने गरेपछि पुलमात्रै सडकको काम अलपत्र रहेको चंखेली गाउँपालिका वडा नम्वर ५ का स्थानीय भियाले तामाङको भनाई छ । उनले भने चंखेली गाउँपालिका पर्ने सल्लिसल्ला पिप्लाङ माछापानी हुँदै नेप्का जोड्ने सडक एक वर्षसम्म काम सूरू नभएको दुखेसो गरेका छन् ।