नेपाली काँग्रेश जिल्ला कार्यसमितीको पुर्ण बैठकले ४ जनालाई जिल्ला कार्य समितिमा मनोनित गरेको छ ।
नेपाली काँग्रेश केन्द्रीय कार्यसम्पादन समितिका सदस्य जिबन बहादुर शाहीको उपस्थितीमा भदौ २१ गते सम्पन्न अगुवा कार्यकर्ता भेलामा एकिकृत समाजबादी पाटीको भात्री संगठन अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य पवित्रा देबकोट सहित ४ जनालाई जिल्ला कार्यसमितिमा मनोनित गरेको जिल्ला पाटी सभापती मोहनबिक्रम सिंहले बताउनु भयो । उनि यस अघि नेकपा एमाले हुँदै एकिकृत समाजबादी पार्टीमा प्रबेश गरेकी थिइन् ।
बकोटासँगै गएको निर्वाचनमा ताँजाकोट गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका तिलक बहादुर शाही,बबीता शाही(कुशुम) कोषाध्यक्ष र सर्केगाड गाउँपालिकाका पुर्व निमित्त प्रमुख प्रशासकिय अधिकृत समेत रहेको रुद्रबहादुर शाही र अदानचुली गाउँपालिकाको उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार दिएका लोकेन्द्र भण्डारीको पक्षमा लागेका वडा नम्बर २ का हरीचन्द्र भण्डारीलाई जिल्ला कार्य समितिमा मनोनित गरेको हो । मनोनित भएकाहरु केहि दिन र महिना अघि मात्र सो पाटीमा प्रबेश गरेका थिए । यिनिहरुसँगै जिल्ला कार्यसमितिको पुर्ण बैठकले जिल्लाका बिभिन्न बिभागहरुमा समेत मनोनित गरेको छ ।
तत्काल प्रबेशवालालाई पार्टीको विद्धान भन्दा बिपरीत जिल्ला कार्यसमितिमा लिएको भन्दै पार्टी भित्रकै केही नेताहरुले आप्पती जनाएका छन् । भर्खरै मात्र पार्टी प्रबेश गरेका तथा निर्वाचनहरुमा असयो गरी भर्खरै मात्रपार्टी प्रबेश गराएकाहरुलाई तत्कालै जिल्ला कार्यसमितिको सदस्यहरुमा मनोनित गर्नु उपयुक्त नभएको पुर्व सांसद समेत रहेकी नेपाली कांग्रेशकी नेत्री रिता शाहीले बताउनु भएको छ । यसरी नेताहरुको मनोमानीतले गर्दा पार्टी भित्र लामो समय देखि योगदान दिदै आएका नेता तथा कार्यकर्तामा मनोवल कमजोर भएकाले चित्त दुखाइको बिषय बनेको उहाँको भनाई छ । नेताहरुले मन लागेको व्यक्तिलाई खल्तीमा राखेको पदजस्तो गरेर यसरी पद वितरण गर्नु पार्टीको निति,सिद्धान्तलाई कुल्चीएर अराजक, गैर जिम्मेवार बनेको उहाँले बताउनुभयो । पार्टी विद्धान भन्दा बिपरीत तत्ततकाल प्रबेशवालालाई पुरस्कार दिएको तर लामो समय सम्म पार्टीमा योगदान भएकालाई वास्ता नगरेको भन्दै शाहीको आप्पती छ ।
विभागहरु
१ बबिता शाही - कोषाध्यक्ष
२ रुद्रबहादुर शाही -जिकास सदस्य
३ तिलक बहादुर शाही -जिकास सदस्य
४ हरिचन्द्र भण्डारी -जिकास सदस्य
५ पबित्रा देबकोटा (महतारा) -जिकास सदस्य
बिभागिय शाखा प्रमुख
१ बसन्त रोकाया- प्रशिक्षण शाखा प्रमुख
२ देवजंग वोहरा - संगठन शाखा प्रमुख
३ प्रेम लामा तामाङ - विकास शाखा प्रमुख
४ भिमराज शाही - कार्यक्रम तथा समन्वय शाखा प्रमुख
५ नबराज भण्डारी -प्रचार प्रसार शाखा प्रमुख
६ अदनसिंह भण्डारी - अभिलेख शाखा प्रमुख
७ कटक लामा- शिक्षा तथा युवा खेलकुद शाखा प्रमुख
८ अंगबहादुर शाही- निर्माण उधोग तथा व्यापार शाखा प्रमुख ९ बुद्धि जेठारा -कृषि तथा भुमी सुधार शाखा प्रमुख
१०अजय शाही - वाणिज्य तथा आपुर्ति शाखा प्रमुख
११कार्मातण्डुप लामा- वनवातवरण तथा पर्यटन शाखा प्रमुख