सिमकोट । कुवेतमा फसेकी धनकौरा रावल दर्शनाको उद्धारको माग गर्दै अनेरास्वबियु हुम्वलाले जिल्ला प्रशासन कार्यलय हुम्लालाई प्रेस बिज्ञप्ति बुझाएको छ ।
१२ दिन अगाडी काठमाडौको थानकोटमा ब्यबसाय गर्दै आएकी अदानचुली गाउँपालिका वडा नम्बर ५ कि ३५ बर्षिय रावललाई एकीकृत वैदेशीक रोजगार ब्यवसायी संगठन नेपाल काठमाडौले कुनै राम्रो कम्पनीमा काम लगाइदिने भन्दै कुबेतपाठाएको थियो ।
कुवेत पाठाएको ७ दिन भएपछि कम्पनीले मानिसिक तथा सामाजिक यातना दिन थालेको भन्दै सामाजिक संञ्जाल मार्फत उद्धार गर्न माग गरेपछि आज जिल्ला प्रशासन कार्यलय हुम्लामा प्रेस बिज्ञप्ति बुझाएको हो ।
उत्त बिज्ञप्ति प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडल मार्फत श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, गृह मन्त्रालय र प्रधानमन्त्रि तथा मन्त्रि परिषदको कार्यलयलाई बुझाएको अनेरास्वबियु केन्द्रिय सदस्य समेत रहेका जिल्ला इन्चार्ज छक्क लामा सिकेले बताउनु भएको छ ।
आइतबार बुझाएको उत्त बिज्ञप्तिमा हुम्ला जिल्ला अदानचुली गाउंपालिका वडा नं. ५ बारिगाउँ निवासि दर्शना रावलले केहि दिन अघि मात्र आफु हाल कुबेतमा रहेको र काम गर्ने कम्पनिले आफुलाई काममा मात्र लगाउने खाना, वस्न, सुत्न पनि नदिने र हरेक गतिविति गर्दा नराम्रो गरिरहेको छ भनि सामाजिक सञ्जाल फेसबुक मार्फत उद्धारका साथ दुःख व्यक्त गर्नु भएको स्मरण गर्दै यदि छिटो भन्दा छिटो त्यो कम्पनि बाट उद्धार नगरे आत्माहत्या गर्नेछु जस्ता कुरा पनि त्यसै भिडियो मार्फत भन्नु भएको छ ।
त्यसैले उहाँको उद्धारका लागि छिटो भन्दा छिटो जिल्ला प्रशासन हुम्ला मार्फत नेपाल सरकार समक्ष जोडदार माग सहित उद्धारको पहल गर्नका निम्ती ध्यानआकर्षण गर्न चाहेको बताएको छ । थानकोट ब्याबसय गर्दै आएका रावलका दम्तीलाई फ्रि भिसा भनेर कुबेत पाठाइएको थियो तर त्याहा पुग्दा यातना दिने गरेको छ ।
प्रेस बिज्ञप्ति