हुम्ला । अदानचुली गाउपालिका वडा नम्बर १ कल्खेमा केहि लुकेका ऐतिहासिक ठाउहरु रहेका छन । परापुर्वकालदेखि धन गुफा ,मन्टे ढुङ्गा,गौँ माताका पाउ र तरपरे भन्ने ठाउहरुले अहिले सम्म पनि पहिचान पाउन नसकेको बताइएको हो ।
पहिले सोही क्षेत्रमा धाडो आउने बेलामा आफ्नो भएको जाए जेथा सम्पति जोगाउनका लागि लुकाउने क्रममा यसै धन गुफामा लुकाउने गरेको र पछि आएर कपिल देव रिसीले यसै गुफामा बसेर तपस्या गरेकै कारणले कल्खे नाम रहन गएको जानकारहरुबाट थाहा पाउन सकिने भएको अदानचुली गाउँपालिका वडा नम्बर १ का निबर्तमान वडा अध्यक्ष रग थापाले जानकारी दिनु भएको छ ।
सोही गुफा करिव २० मिटर जति लम्वाइ रहेको पाइएको छ । स्वम मानिसको टाउको र मुन्टा जस्तै रहेको ढुङ्गा पनि कल्खेको मन्टे चौरमा रहेको छ । सोही यो मन्टे ढुङ्गा मानव निर्मित नभई परापूर्वकाल देखिनै प्राकृतिक रुपमा आफै बनेको पाइएको छ । यसै मन्टे ढुङ्गामा देवि देवताका धामि पुजारी जाने गरेको पाइने गरिएको छ । यस्तै तल्लो कल्खेको खनेगौडामा गाँै माताको पाउहरु समेत रहेको छन । तल्लो कल्खेबाट गौँ माता यहि खानेगौडाको बाटो हुदै कन्याउरी स्थित तरपरे भन्ने ठाउमा गएको बुढापाकाहरुको भनाई रहेको छ । तसैका कारण तरपरे भन्ने ठाउमा गाईका थुनबाट दुध ठेकिमा खसे जस्तै गरी माथिबाट पानी खसि रहेको प्रत्येक्ष देख्न पाइनेगरेको छ ।
माथि तिर गाईका थुन जस्तै देखिने ढुङ्गाबाट पानि चुहिने गरेको र तल ठेकि जस्तै बनि रहेका आकृतिकबाट निरन्तर रुपमा पानी थुन हुदै ठेकिमा खसि रहेको पनि देख्न सकिने भएको ज्ञानोदय माबिका प्रधानाध्यापक हरि प्रसाद जैसीले जानकारी दिनु भएको छ । उहाका अनुसार आफु सोही ठाउँमा गई दृश्य अबलोकन गर्दा आफुलाई समेत अचम्मीत पारेको हो । उक्त क्षेत्रले पर्यटकिय सम्भावना बोकेको भए पनि प्रचार प्रसारमा कमिका कारण आझेलमा पर्न गएको बताइएको छ ।
आकृति एक मात्र नभई जहाँ माथिबाट पानी खस्छ तेसको तल ठेकी र माथि गाईका थुन जस्तै बनेको आकृति रहेको विशेषता पाइने गरेको छ । अनि यस भित्र गणेश भगवान,बाघ लगायत गहिरिएर हेदै जाने हो भने विभिन्न देवि देवताका र अन्य भिन्न आकृति समेत देख्न सकिने गरेको बताइएको छ ।
यसैगरी अदानचुली र ताजाकोट गाउँपालिकाको विचको शिरमा रहेको अदानचली माईको थानको पनि आफ्नै विशेषता समेत रहेको त्यस क्षेत्रका अग्रजहरुले बताउने गरेका छन ।
अदानचुली माइको मन्दिरमा पनि ठूला ठूला तिन वटा ओदान जस्तै देखिने ढुङ्गाको विचमा माईको मन्दिर भएकै कारणले अदानचुली माइको नामाकरण गरिएको हुन सक्ने अनुमान गरिएको छ ।
सोही माइको दशर्न गर्न दसरा मेलाको दिन युबा युवतीहरुले जाने गरेका छन । अनि दुवै पालिकाका विभिन्न देवी देवताका धामी पूजारीहरुले पनि साउने पूणिमा र माझ पूणिमा मा दशर्न गर्न जाने गरेको र अन्य समयमा पनि अरु मानिसले अदानचुली माईका दर्सन गरी आफुले सोचेको बर प्राप्त गरेका दशानार्थीबाट सुन्न पाइने गरेको छ ।
सोही क्षेत्रमा लुकेर रहेका ऐतिहासिक ठाउँहरु मात्र नभइ पालिका भरी नै ऐतिहासिक विरासत बोकेका ठाउहरुको पहिचान गरी संरक्षण गर्न गाउपालीकाका जनप्रतिनिधी र राजनितिक दलले महत्वपूर्ण भूमिका खेल्नु पर्ने देखिएको छ ।
सम्बन्धीत निकायले संरक्ष्णका लागि ध्यान दिने हो भने पर्यटकिय सम्भावनाको खाने बन्ने समेत देखिएको छ । अदानचुली माईको थानबाटै गाउँपालिकाको पनि नामाकरण गरिएको हो । माईको मन्दिर समेत रहेको अदानचुलीको सिरका ओदानका खुट्टा जस्तै देखिने ढुङ्गा समेत रहेका छन ।
यी सबै क्षेत्रलाई पर्यटकिय सम्भावना बोकाउनकालागी सोही गाउका धामी तथा पुजारिहरुलाई स्थानिय सरकार,प्रदेश सरकार र संघिय सरकालाई संरक्षणकागी अनुरोध समेत गरेका छन ।