कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पुर्णलाइ शुभामन दिनु भएकाे छ ।
नेपालको इतिहासमा पहिलो पटक जनप्रतिधिले संविधानसभाबाट वि.स.२०७२ असोज ३ गते संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान निर्माण गरी जारी गरिएको ऐतिहासीक उपलब्धीको सम्झना र सम्मान स्वरुप संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका कर्णाली प्रदेशवासी लगायत सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईहरूमा सुख, शान्ति प्रगति र समृद्धिका साथै राष्ट्रिय एकता ,अखण्डता , सहकार्य एवं आपसी सद्भाव कायम हुन सकोस भन्दै शुभकामना व्यक्त गर्नु भएकाे हो ।
उहाँले झण्डै सातदशक नेपाली जनताको एकता–संघर्ष–त्याग बलिदानबाट संघियता ,धर्मनिरपेक्षता ,समानुपातिक ,समावेशीता र गणतन्त्र प्राप्त चार उपलब्धीको रक्षा ,व्यवहारमा प्रयोग गर्दै सुशासन , सामाजीक न्याय र समुद्धिका लागी अघि बढन अपरिहार्य भएको बताउनु भएको छ ।
देशमा विद्यमान जाति , आदिवासी ,जनजाति , महिला , दलित ,मधेशी , उपेक्षित क्षेत्रका जनसमुदाय लगायत जातिय, भाषिक, सांस्कृतिक विविधतामा एकता कायम गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माण गरी उन्नत र विकसित राष्ट्र निर्माण गर्न सबैमा जोश जागर र सद्भावना पलाओस यस दिवसले यहि सन्देश देओस र तिन तहका सरकारहरु संचालनमा आएदेखी जनताको घरदैलोमा सरकार सहजै पुग्न सफल भएको विश्वास समे व्यत्त गर्नु भयो।
शुभकामना शन्देश