गत असोज १९ देखि २५ गते सम्मको अविरल वर्षापछि आएको बाढीपहिरोले अबरुद्ध गमगढी( सोरुकोट सडकखण्ड बिहिबारबाट सञ्चालनमा आएको छ । गएको भदौमा आएको करिब १ हप्ता लामो बर्षाले सडक भत्काउनुको साथै माथिबाट आएका पहिरोले सडकको नाम निसाना मेटाई दिए पछि दुई महिना सम्मको निरन्तर म्रमतले सडक सञ्चालनमा ल्याएको सोरु गाउँपालिकाका उपाध्यक्ष केशरबहादुर शाहीले बताए ।
उनले मंसिर २१ गतेबाटै सञ्चालनमा ल्याउने तयारी भए पनि अँझै म्रमत गर्नु पर्ने देखीए पछि फेरी एक हप्ताको म्रममत पछि बिहिबारबाट पुर्ण रुपमा सञ्चालनमा ल्याएको बताए ।
छाँयानाथ रारा नगरपालिकाले गमगढी देखि आसिधारा सिमानासम्म र आसिधारा देखि सोरुकोट बजार सम्म सोरु गाउँपालिकाको लागानिमा अबरुद्ध सडक खुलेको हो ।
अविरल बर्षा र पहिरोका कारण झन्डै ४६ किलोमिटर सडक अवरुद्ध सडकमा आम यात्रुले सास्ती भोग्नु परेको थियो ।
गमगढी देखि सोरु गाउँपालिका केन्द्र सोरुकोट सम्मको सडक अवरुद्ध हुदा सोरु गाउँपालिकाका १ देखि ११ वडा र छिमेकी जिल्ला हुम्लाका अदानचुली , सर्केगाड गाँउपालिका आसपासका नागरीकहरुलाई पैदल हिड्न बाध्य बनाएको थियो ।
सोरु गाउँपालिकाका प्रमुख तथा गाउँपालिका अध्यक्ष धर्म बहादुर शाही र उपाध्यक्ष केशर बहादुर शाहीको प्रत्येक्ष रेखदेख तथा अनुगमन पछि अबरुद्द भएको सडक २ महिनापछि आज बिहिवारबाट गमगढी देखि सोरुकोट सडक खुलेको छ ।
बिजया दशमी देखी अलपत्र सडक खुलेपछि सोरु बासी जनताहरु उत्साहित भएका छन् । अवरुद्ध सडक खुलेपछि गाउँपालिका केन्द्र सोरुकोट बजारमा दैनिक उपभोग्य बस्तु खाद्यान्न ,तरकारी तथा मासु जन्य बस्तु सजिलै आयात हुन लागेको र अबरुद्ध सडक पछि आकासियको सामानको दर रेट पनि पहिलेकै अबस्थामा पुगेकोले उपभोक्ता हरु पनि खुसी देखीएका छ्न ।
साथै गाउँपालिकाका ‘विपदमा प्रभावित नागरिकलाई राहत उद्धार तथा पुर्नस्थापनाका लागि सहज हुने पनि नेपाल रेड्क्रस सोसाइटी सोरु शाखाका सभापति मन्जन बहादुर शाहीले बताए ।
उहाँका अनुसार सोरु गाउँपालिकाका १ देखि ११ न वडा का १०४ जना बिपद प्रभावित नागरिक लाई तारापानी , धैन , सोरुकोट र बालुकुनामा केन्द्र बनाई पाएक पर्ने स्थानमा रेडक्रस मुगुबाट १,२ दिन मै राहत प्याकेज बितरण हुने बताए । अबरुद्ध सडक डिजेल अभाव र अत्याधिक मुल्य वृद्धि का कारण केहि समय ढिलाइ भएको डोजर चालक तथा कन्ट्रक्सनहरुले बताएका छ्न ।
अबको केही दिनमै सोरुकोट भिई सडक खण्ड पनि संचालनमा आउने गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष सिंहबहादुर धामीले बताए ।