कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा हुम्ला आउने भएका छन् ।
अलिरल वर्षासँगैको बाढिले एक जना व्यपत्ता भएर करोडौंको क्षती गरेको जिल्लाको अदानचुली, सर्केगाड क्षेत्रको हवाई अनुगमनका लागि मुख्यमन्त्री शर्मा, आन्तरिक मामिला तथा कानून मन्त्री कुष्ण जिसी, भौतिम पूर्वाधार मन्त्री मंगल शाहीलगायतको कर्णाली प्रदेश सरकारको टोली बाढी प्रभावित क्षेत्रमा आउन लागेको हो ।
अदानचुलीको गल्फागाड, काठसेरा खोलामा आएको वर्षासँगैको बाढिले अदानचुली ३ का रवि भयिाल अलिेसम्म व्यपत्ता छन् । बाढिले पारेको क्षती, प्रदेश सरकारले गर्नसक्ने राहत र पुनःस्थापनाका कामका लागि मुख्यमन्त्री शर्मासहितको टोली बाढि प्रभावित क्षेत्रको अनुगमन गर्न जाने आन्तरिक मामिला तथा कानून मन्त्री कुष्ण जिसीले जानकारी दिए ।
‘मुख्यमन्त्री ज्यू नेतृत्वको टोलीले हेलिकोप्टरमार्फत बाढि प्रभावित क्षेत्र अदानचुली र सर्केगाडको हवाई अनुगमन गर्छ’, मन्त्री जिसीले नेपालवोटसँग भने, ‘समयले मिले केहि ठाउँका बाढि पिडिंत नागरिकसँग सामान्य छलफल गर्ने कार्यक्रम पनि छ ।’
यहि असोज ४ गते बिहान परेको वर्षासँगैको बाढिले अदानचुलीको वडा नम्बर देखि ६ सम्मका झण्डैं दश करोड बराबरको क्षती भएको दावी स्थानियले गरेका छन् । अघिल्लो महिना गएको बाढिले एकजना व्यपत्ता भएको सर्केगाडमा पनि यो पटकको बाढिले ठूलो क्षती गरेको बताइएको छ ।
मुख्यमन्त्री शर्माको टोलि हुम्लाको बाढि प्रभावित क्षेत्रको हवाई अनुगमन पश्चात आगलागि भएको गमगडीका क्षेत्रको पनि स्थलगत अनुगमन गर्ने कार्यक्रम छ ।
बाढि प्रभावित क्षेत्रका नागरिकलाई राहत र पुनःस्थापनाका कार्यक्रम सञ्चालन गर्न प्रदेशसभा सदस्य कलबहादुर हमाललगायतका नेताहरुले प्रदेश सरकारलाई आग्रह गरेपछि मुख्यमन्त्रीको टोली बाढि प्रभावित क्षेत्रमा जान लागेको बताइएको छ ।