हुम्ला । जिल्लाको मध्य क्षेत्रमा रहेको सर्केगाड गाउपालिकामा बालसंरक्षण सम्बन्धि सर्केगाडमा अभिमुखिकरण गरिएको छ । वडा नम्बर १ को तुम्च स्थित देवल आधारभुत बिद्यालयमा सोही गाउँका बालबालिका हरुलाई बालसंरक्षण सम्बन्धि अभिमुखिकरण तालिम दिइएको हो ।
बिगतका बर्ष देखी स्वास्थय तथा कृषि क्षेत्रमा राम्रो कार्य गर्दै आएको फेज नेपालको आयोजनामा तथा ए.डि.ए.को आर्थिक सहयोगमा बाल संरक्षण सम्बन्धि एकदिने अभिमुखिकरण गरिएको छ । कार्यक्रममा बालबालिकाले आफ्ना हक अधिकार कसरी कार्यान्वन गर्ने कसरी सुरक्षित गर्ने भन्ने बिषयमा सहजिकरण गरिएको हो । परिचयबाट सुरु गरिएको बालबालिकाको सोहि बाल संरक्षण भनेको के हो, बाल संरक्षणको समस्या,बाल दुर्व्यवहार, शारिरीक दुर्व्यवहारको लक्षणहरु, भावनात्मक दुर्व्यवहारको, लक्ष्यणहरुका बारेमा ज्ञान सिकाएकाे हाे ।
कार्यक्रममा बालबालिकाका हक अधिकार भनेको केहो र बालबालिकाहरुका अधिकारअरुको संरक्षण कसरी गर्ने भन्ने बिषयमा समसामायिक बिषयमा छलफल गरियको हो । नेपाल सरकारले बालबालिका सम्बन्धि थालिएका हरेक कार्यहरुले आशातित उपलब्धि हासिल गर्न नसके पनि राज्यले बालबालिका सम्बन्धी विभिन्न कानूनको निर्माण गरि बालबालिकाका हकहित सुरक्षित गरेपछि सोही अनुसार आज अभिकुमिखिकरण गरिएको छ ।
बालबालिकाको न्यूनतम् अधारभूत अधिकारलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय सन्धी, ऐन कानुनले प्राथमिकताका साथ उठाएता पनि हाम्रो नगरपालिकामा अझै कतिपय बालबालिकाका आधारभूत शिक्षाको पहुँचबाट बाहिर छन्। संचालित बाल विकास केन्द्रहरु मापदण्ड अनुसार संचालित छैनन् र केन्द्रमा बालबालिका टिकाउन कठिन छ । कठिन भौगोलिकताको कारण बालबालिकाको खेलकुदमा पहुँच पुर्याउन जटिल समस्या छ ।
कार्यक्रम देवल आधारभुत बिद्यालयका प्रधानाध्यापक काली बहादुर रावतको अध्यक्षतामा तथा फेज नेपालका सुपरभाइजर मिलन प्रसाद घिमिरेको अगुवाइमा उक्त बिद्यालयका सम्पूणर् शिक्षक कक्षा ५ देखि कक्षा ८ सम्मका बिद्यार्थी हरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको छ ।