सिमकोट । पोषण उक्त बाली उत्पादन हुने कर्णालीमा कुपोषण अर्थात पोषण नपुगेका कारण ख्याउटे्, पुट्का छन् भने मन्त्रालयमा रिपोर्ट पेस गरिने हुँदा कोदो जन्य बालीको उत्पादन र उपभोग बढाएर कुपोषण हटाउनु पर्ने भ’मि ब्यावस्था तथा कृषि सहकारी मन्त्री भिम प्रसाद शर्मााले बताए ।
बढी कर्णालीमा सबभन्दा बढी उत्पादन हुने कोदो र फापरमा पोषण पाइन्छ भनेर अर्को रिर्पोट पेस गरिने गरिएको छ । उत्पादन भएको वस्तुलाई खाने तौलतरिका जान्यो भने निरोगी भइने मन्त्री शर्माले बताए । सबैभन्दा बढी कोदो र फापरमा पोषण पाइन्छ । कोदो र कोदो जन्य, कागुनो, चिनो, जुनेलो लगायतका बाली पर्दछन् ।
कर्णाली प्रदेशको अग्लो स्थानमा फल्ने कोदो बालीको उत्पादन र बजारीकरण प्रथामिकतामा रहेकाले पहिलो पटक कोदो महोत्सव गर्न लागिएको कर्णाली प्रदेश सरकारका भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री भीमप्रकास शर्माले बताए । कर्णालीमा उत्पादन हुने कोदो बजारीकरण र उत्पादनलाई समायोजन गरेर लिने कुरामा मन्त्रालय लागि परेको मन्त्री शर्माले बताए ।
कृषि शर्माले थपे “औपचारिकताका रुप अन्तराष्ट्रिय कोदो दिवस मनाउने भए सुर्खेतमै सानो कार्यक्रम गरेर मनाइने थियो । विभिन्न जिल्लाका कार्यालय प्रमुखहरु सुर्खेतमै बोलाएर मनाउन सकिन्थ्यो ।” तर कर्णालीमा उपज हुने मुल्यवान वस्तुहरुको बजारीकणका लागि यो दिवस मनाउन लागिएको हो । अत्यन्तै महत्व दिएर हुम्लामा पुगेको प्रेस सेन्टर नेपाल जिल्ला कार्यसमिती हुम्लाले आयोजना गरेको पत्रकार सम्मेलमा उहाँले यो कुरा बताउनुभएको हो । दक्षिण एसियामा सबै भन्दाबढी कोदो उत्पादन हुने देश भारत र भारत पछिको देश नेपाल हो ।
कोदो खाने र फापर खाने वा यद्यपि कोदोजन्य उत्पादन खानेलाई सबभन्दा गरिब, न्युनस्तरको र पछिपरेको भन्ने परिभाषा बनाइयो । यसलाई उल्टाउनको निम्ती हामीले, परम्परागत रुपमा उत्पादन हुने चीजमै हाम्रो स्वास्थ्य लागि ठिक रहेछ, दिर्घजीवनका लागि ठिक रहेछ, र उपभोग गर्न ठिक रहेछ भन्ने सन्देश दिनको लागि हुम्ला पुगेको बताए ।
कर्णाली प्रदेश सरकारले लिएको निती अनुसार कृषि मन्त्रालयले पशुपालन तर्फ र कृषि उत्पादन क्षेत्रमा लिएको नितिमा हिमाली जिल्लामा च्याङग्रा र चौरी पालनका कार्यक्रम रहेको उहाँले बताउनुभयो । यस्तै खाद्यन्न बालीको हकमा रैथाने बालीरहेको छ । बजारीकरणसँग जोड्नका लागि खाद्य व्यापार कम्पनीसँग सम्झौता गरिने बताउनुभयो । प्रोसेसिङ र प्याकेजीङका लागि पनि कम्पनीसँग कुरा भइरहेको सहकारी मन्त्री शर्माले बताउनुभयो ।
विहिबार हुने अन्तर्राष्ट्रिय कोदो दिवस महोत्सवमा कर्णाली प्रदेश सरकारका भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री भीमप्रकास शर्मा, सहकारी मन्त्रालयका सचिव डाक्टर नरहरिप्रसाद घिमिरे लगायतको टोली बुधबार सिमकोट पुगेका हुन् । १८ गते विहिबार हुन लागेको कोदो महोत्सवको सम्पुर्ण तयारी पुरा भएको जिल्ला कृषि विकास कार्यालय हुम्लाका निमित्त कार्यालय प्रमुख धुर्वबहादुर शाहीले बताए ।