हुम्ला । जिल्लाको सिमकोट गाउँपालिकामा कार्यरत कर्मचारीहरुले बिरोध कार्यक्रम गरेका छन । आजकै दिन देशभरका सम्पूर्ण स्थानीय तहमा कार्यरत कर्मचारीहरुले संयुक्त रुपमा अत्यावश्यक बाहेकका अन्य सबै सेवा प्रवाह नगर्ने गरि अनिश्चित कालिन पेन डाउन गर्ने भनि स्थानीय तह कर्मचारी केन्द्रिय सङ्घर्स समिति द्वारा निर्णय भएकोले सोही बमोजिम बिरोध कार्यक्रम गरिएको हो ।
उक्त बैठकको निर्णय अनुसार सिमकोट गाउँपालिकामा पनि सन्दिप रोकायाको संयोजकत्वमा तदर्थ समिति गठन गरी पालिका अन्तर्गत रहेका सम्पूर्ण शाखा तथा बड़ा कार्यालयहरुमा पनि अत्यावश्यक बाहेकका अन्य सेवा प्रवाह नगर्ने गरि अनिश्चितकाल सम्म पेन डाउन गर्ने भन्दै बिरोध कार्यक्रम गरिएको हो । सिमकोट गाउँपालिकाले समेत सोहि विषयमा ऐक्यबद्धता जनाई बिरोधका कार्यक्रम अगाडि वढाउने निर्णय भएको जानकारी बिरोध मार्फत जानकारी गराएको छ ।
संघिय निजामती सेवा ऐनमा स्थानिय तहमा कार्यरत कर्मचारीहरूका बिभिन्न मागहरू समावेश गरी तत्काल ऐन जारि गर्ने गरीयको दवाव मुलक कार्यक्रम गरिएको जानकारी प्राप्त भएको छ । सोही बिरोध कार्यक्रममा संघिय निजामती सेवा ऐने को सट्टा एकिकृत निजामती सेवा ऐन जारी गरिनु पर्ने, स्थानिय तहको प्रमुख प्रशासकिय अधिकृतको पद स्थानिय सेवाको नै रहने व्यवस्था गरिनु पर्ने, निजामतीको परिभाषा भित्र स्थानिय तहका कर्मचारी हरुलाई समेत समेटिनु पर्ने, विना सहमती ७५३ स्थानिय तहमा चक्रिय प्रणालीमा सरुवा गरिनु पर्ने, समायोजनमा कर्मचारीहरुको उचित व्यवस्थापन गरिन पर्ने, तिनै तहका कर्मचारीहरूको समान बुद्धि विकासको व्यवस्था गरिनु माग गरेको छ । ,
यस्तै स्थानिय तहमा कार्यरत कर्मचारिहरूको कर्मचारि कल्याणकोषको अनिवार्य व्यवस्था गर्नु पर्ने, निजामती अस्पतालबाट प्राप्त हुने सेवा सुविधा उपलब्ध गराउनु पन, जुन सुकै तहको विज्ञापनमा उमेर हत नलाग्ने र सेवा अवधि जोडिने व्यवस्था गरिनु पर्ने, स्थानिय सेवाका कर्मचारीहरुलाई ट्रेड युनियनको अधिकार प्रदान गरिनु पर्ने र अस्थायी तथा करार कर्मचारीहरूको उचित व्यवस्था गरिनु पर्ने माग सहित बिरोध कार्यक्रम गर्दै पत्र पेश गरेको हो ।
सोही माग सहितको पत्र गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत,गाउँपालिका अध्यक्ष,उपाध्यक्ष र ८ वटै वडा कार्यालयलाई पेश गरिएको छ । देशभरका गाउँपालिकामा आज बिरोध गर्ने निर्णय अनुसारनै अत्यावाशेक सेवा बाहेका सबै सेवा अनिश्चित कालका लागि पेन डाउन गर्ने जनाएको छ ।