सिमकोट । हुम्लाको मध्य क्षेत्रमा रहेको सर्केगाडा गाउँपालिका स्थित पर्यटकीय क्षेत्र सिताङ र बराईमा छायाङ्कन भएको “जुम्लाकि भाउकन फेसबुकैमा माया बस्यो“ नामक डेउडा म्युजिक भिडियोको पोस्टर सार्वजनिक भएको छ । म्युजिक भिडियोको पोष्टर मंगलबार अपरान्ह ५ बजे सार्वजनिक हुन लागेको हो ।
यसै बर्षको चार महिना अघि उक्त क्षेत्रमा सुटिङ भएको म्युजिक भिडियोमा मोडेल जान शाही ठकुरी र सुस्मिता रोकायाले अभिनय गरेका छन । यस अघि जान ठकुरीले २÷३ वाट म्युजिक भिडियोमा अभिनय गरिसकेका छन भने सुस्मिता रोकायाको अभिनय क्षेत्रमा पहिलो अनुभव रहेको छ । उक्त म्युजिक भिडियोलाई निर्देशन यम्बी थापाले गर्नु भएको हो ।
म्युजिक भिडियोले अर्गानिक जोडि मोडल, पर्यटकीय क्षेत्र, शब्द र लयका कारण अत्यधिक दर्शकको माया पाउने विश्वास निर्देशन यम्बी थापालेृ गर्नु भएको छ । गीतमा गायक हुम्ला अदानचुली गाउँपालिकाको वडा नम्बर २ साउबाडा घर भएका अमृत कुमार अनमोल र गायिका रेखा जोसीको स्वर रहेको छ । गीतको शब्द तथा लय गायक अमृत कुमार अनमोल र भरत बरालको रहेको छ । सङ्गीत दिपक संगम बिसीको रहेको छ भने म्युजिक भिडियोको छायाङ्कन अनुप राज शाहीले गरेका छन ।
प्रशन्न प्रालि द्वारा सम्पादन गरिएको सो म्युजिक भिडियोको कलरिस्ट पोस्टरको डिजाइन कमल सुनारले गर्नु भएको छ । म्युजिक भिडियोको सहजीकरण कलकार बिनोद सिंह थापाले गरेका छन । सोही गित करिब ५ बर्ष अगाडिनै रेकर्ड गरिसेको र राम्रो टिम नभेटेपछि गितलाइ बजारमा ल्याउन नसकेको भएपनि अहिले मन निकै खुशी र आनन्दित रहेको गायक अमृत कुमार अनमोल बताउनु भएको छ ।
हुम्लाको मौलिक पहिचान र संस्कृति राष्ट्रिय क्षेत्रमा पर्यटन प्रवर्दन उद्देश्यका साथ सो क्षेत्रमा छायाङ्कन गरिएको निर्देशन यम्बी थापाको भनाइ रहेको छ । हुम्लामा सुटिङ गर्न निकै महङ्गो र कठिन भएपनि आफुले निर्माण गरेको म्युजिक भिडियो हेरेपछि गायाक गाइकासंगै दर्शकहरुलाई थकाई र दुःख बिर्साउने छ भने सोही क्षेत्रमा नगएकालाई हुम्ला जाउँजाउँ भन्ने लाग्ने निर्देशन थापाले प्रतिक्रिया दिनु भएको छ ।
निर्देशक थापाका अनुसार टेक्निकल इरर हुन सक्छ तर हाफ्नोे टिमको प्रयास भएको र खासै कथा बस्तु नरहेको भएपनि मात्र मनोरञ्जन बिधामा बनेको प्रस्ट पार्नु पारिएकोे छ । १ दिन सुटिङ गरिएको सो गीतको छायाङ्कनमा निकै खर्च भएको म्युजिक भिडियोका कार्यकारी निर्माता समेत रहनु भएका मोडेल जान ठकुरीले बताउनु भएको छ । ठूलो लर्निङको पाठ भयो, यो प्रोजेक्ट पनि आफ्नो पहिलो अनुभव रहेको छायाङ्कन अनुप राज शाहीले बतानु भएको हो ।
हुम्लाको मध्ये भागमा रहेको सिताङ पाटन प्राकृतिकरुपमा निक्कै रमणीयसंगै पर्यटकिय सम्भावना बाकेको एक क्षेत्र भएको छ । दृश्य मन लोभ्याने भएपनि प्रचारका कमिले मात्र कुनै पर्यटक पाउन नसकेको हो । सधैँ आनन्ददायी मौसम रहने सिताङ भेडी खर्क र धार्मिक क्षेत्रका लागि पनि परिचित रहेको छ । सो म्युजिक भिडियो दसैंको साइत पारि दर्शक सामाु सार्वजनिक गरिने निर्देशन थापाले बताउनु भएको छ ।