हुम्लाको अदानचुली गाउँपालिकाले सडक केन्द्रीत वजेट निमार्ण गरेको छ ।
गाउँपालिका भित्रको आन्तरीक बिबादका कारण पुर्ण कार्यपालिकाको बैठक बस्न नसकेको अबस्थामा मिति २०८० साल असोज १५ गते गाउँपालिकाकामा नयाँ प्रमुख प्रशासकिय अधिकृतको रुपमा गिमन थापा मगर गाउँपालिकामा हाजिर भैसके पश्चात १८ र १९ गते बसेको पुर्ण कार्यपालिकाको बैठकले बजेटको ब्रेकडाउन गर्दै सबै बजेटलाई सडक केन्द्रीत बजेट बनाएको छ ।
बाढि पहिरोका कारण बनाएको सबै सडकहरु क्षेत बिक्षेद बनाए पछि आ.व २०८०।०८१ को करिब १ करोेड ६८ लाख ५३ हजारको बजेट सडक म्रमत तथा निमार्णको लागि विनियोजन गरेको गाउँपालिकाका अध्यक्ष मोहन विक्रम सिंहले बताए ।
उनका अनुसार त्यो सँगै २०८० साल असोज ३ गते आएको बाढीले मानविय, धनजन, बालीनाली, बाटाघाट, पुलपुलेसा, पशुपक्षी तथा सम्पुर्ण कृषि उपजमा भएको क्षतिपुर्तिको दुख ब्यक्त गर्दै तत्काल राहत उपलब्ध गराउनको लागि ५ लाख पुजिगतबाट र १० लाख चालुबाट गरी १५ लाख रुपैया विनियोजन गरेको बताए ।
उक्त विनियोजित रकमबाछ बाढीले क्षेती पुर्याएका प्रति घरधुरीलाई ३० केजीका दरले चामल उपलब्ध गराउने,भैसी राँगा मरेका भए ५ हजारका दरले उपलब्ध गराउने तथा खसी,बाख्रा,गाइगोरु, कुखुरा फर्म बगाएको छ भने ३।३ हजारका दरले उपलब्ध गराउने र पुर्ण घर क्षेती भएकालाई पाल उपलब्ध गराउनु निर्णय गरेको छ ।
सोही दिनको बाढीले अदानचुली गाउँपालिका ३ का रबि भियाललाई बगाएर बेपत्ता भएकाले निजको घरपरिवारलाई मृत्यु भएका रवि भियालको कृया खर्चबापत ५० हजार रुपैया उपलब्ध गराउने निर्णय गरेको अध्यक्ष सिंहको भनाइ छ ।
यतीबेला कार्यपालिकामा ब्यापक छलफल भयो र हामीले बिभिन्न ठाउँमा भएको क्षेतीको विवरण संकलन भैसकेकाले सोही ठाउँमा बजेट विनियोजन गर्ने निर्णय गरेको वडा नम्बर ५ का वडा अध्यक्ष कमलबहादुर छत्याललको भनाइ छ । उनका अनुसार क्षतिपुर्तिको राहत वितरणमा १५ लाख,खानेपानी तथा सरसफाईको म्रमत सम्भारको लागि आवश्यक सामाग्र खरिदमा १० लाख,प्रशासनिक भवन टहरा तथा सौचालय निमार्णको लागि लागि १६ लाख रुपैया विनियोजन गरेको बताए ।
उनका अनुसार प्रशासनिक भवन नवनि सकेको अवस्थामा भाडाको घरमा बस्नु भन्दा नयाँ संरचना तयार नहुँन्जेल सम्मको लागि स्वास्थ्यचौकीको क्षेत्रमा रहेको सार्वजनिक जग्गामा टहरा निमार्ण गरी प्रशासनिक काम काज गर्ने निर्ण भएको बताउनु भयो ।
पुर्वाधार म्रमत तर्फत गल्फागाड पबाटो तथा पुल निमार्णको लागि ५ लाख,सेरा कालागाड सडकको लागि ५ लाख,डाहाल,काँखे,बारीगाउँ सडकको लागि ५ लाख,लौठी रिल्म विगोठी सडक निमार्णको लागि ५ लाख,सुर्योदय मा वीमा सरस्वती मन्दिर निमार्णको लागि १ लाख ५३ हजार,गोरपाली ढकानी कुना सडक निमार्णको लागि २ लाख,कुकुरफाल्ना जलविद्युत निमार्ण तथा लाइन विस्तारको लागि २० लाख र थलोहाल्ना बुढागाउँ हुँदै बुमी डाँडा सडक मर्मतका लागि ३ लाख बजेट विनियोजन गरिएको छ ।
यसैगरी नयाँ सडक र जलविद्युत निमार्णको तर्फ मष्टादेब आ वि फिल्ड निमार्णको लागि ५ लाख,पुद्धुकोट स्वास्थ्य क्लिनिक निमार्णको लागि १० लाख,काठेखौला सडक निमार्णको लागि १५ लाख,सिचाई निमार्ण वडा नम्बर ३ को लागि ५ लाख,सडक निमार्ण वडा नम्बर ३ का लागि १५ लाख,काँडखेत कालापहाड सडक निमार्ण वडा नम्बर १ का लागि १५ लाख,कालागाड पाल्सको लागि २५ लाख,ओखर पकेट कार्यक्रम ५ का लागि ५ लाख र कालागाड स्याउल्या वडा नम्बर ५ १० लाख रकम विनियोजन गरेको छ ।
ओखर ब्लक कार्यक्रम वडा नम्बर ४ को लागि १० लाख,अध्यक्ष कोषको लागि ३५ लाख,उपाध्यक्ष कोषको लागि ३० लाख र न्यायिक समितिको कार्यालय १० लाख रकम विनियोजन गरेको वडा अध्यक्ष छत्यालले बताउनु भयो ।
यसै गरी सोही दिन बसेको बैठकले आ व २०८०।०८१ को चालु खर्च तर्फको शिर्षकहरुमा रहेको कुल ४४ लाख बजेटलाई पनि विनियोजन गरीएको सदस्य सचिब समेत रहेका प्रमुख प्रशासकिय अधिकृत गिमन थापा मगरले बताउनु भयो उहाँका अनुसार गतवर्षको भुक्तानी बाँकी विउविजन खरिदको लागि १२ लाख,राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको लागि ५ लाख,तिज विशेष कार्यक्रम प्रति वडा ३० हजारका दरले १ लाख ८० हजार,संविधान दिनवश मनाउनको लागि १ लाख १० हजार,बाल दिवस बनाउनको लागि ५० हजार विनियोजन गरेको छ ।
यसै गरी ६ वडाका लागि विभिन्न स्थानीय पर्व मनाउनको लागि प्रतिवडा १ लाखका दरले ६ लाख रुपैया,विभिन्न राष्ट्रिय अन्तराष्ट्रिय दिवश नाउनको लागि १ लाख ५० हजार,स्याउ ओखर पकेट विकास कार्यक्रमको लागि २ लाख १० हजार र प्रत्येक कार्यपालिकाका सदस्यहरुलाई लक्षित क्षेत्रमा कार्यक्रम गर्नको लागि प्रति कार्यपालिकाका सदस्यहरुलाई २ लाख ३३ हजारका दरले १४ लाख रुपैया विनियोजन गरेको छ ।
विनियोजित योजनाहरु तत्का कार्यान्वयनमा लैजाने र १५ लाख भन्दा माथीका योजनाहरु टेण्डर मार्फत सञ्चालन गर्ने तथा सो भन्दा तलका योजनाहरु समिति मार्फत सञ्चालन गरीने पनि बताए ।