देश कोरोनाले आक्रान्त थियो । दोस्रो लकडाउन सुरु भएको थियो । पहिलो लकडाउनमै गण्डकीले धेरै नागरिक गुमाइसकेको थियो । त्यसको प्रमुख कारण अक्सिजन अभाव पनि थियो ।
अक्सिजन नभएर नागरिकले ज्यान नै गुमाउनुपर्ने अवस्था आएपछि पोखराका उद्योगी व्यवसायीहरूले जुक्ती लगाए, नागरिकबाट चन्दा उठाएर अक्सिजन प्लान्ट किन्ने । त्यसको अगुवाइ गर्यो बतास फाउण्डेसनले । यहाँका व्यवसायीहरूले लाखौँ लगानी गरे । अभियानमा बतास अर्गनाइजेसनका अध्यक्ष आनन्दराज बतासले २५ लाख जम्मा गरे । उनी मातहतका संस्थाहरूबाट थप २५ लाखको जोहो गरिदिए । यसबाहेक अटोवेज प्रालि, केसी ग्रुप, सेलवेज, सुपरमादाी हाइड्रोका सञ्चालक पुष्पज्योती ढुंगाना, क्वालिटी एग्रिगेटका सञ्चालक देवबहादुर ज्वारचन र बि रिभर माइनिङ प्रालिले २५–२५ लाख रुपैयाँ सहयोग घोषणा गरेका थिए । त्यसबाहेक रु १ सङ्कलन अभियान पनि सुरु भयो । सबै गरेर करिब साढे ३ करोडको सङ्कलन भएको बताइएको छ । रकम समयमा सङ्कलन भए पनि प्लान्ट आयात भने निकै ढिला भयो ।अक्सिजन नभएर नागरिकले ज्यान नै गुमाउनुपर्ने अवस्था आएपछि पोखराका उद्योगी व्यवसायीहरूले जुक्ती लगाए, नागरिकबाट चन्दा उठाएर अक्सिजन प्लान्ट किन्ने । त्यसको अगुवाइ गर्यो बतास फाउण्डेसनले । यहाँका व्यवसायीहरूले लाखौँ लगानी गरे । अभियानमा बतास अर्गनाइजेसनका अध्यक्ष आनन्दराज बतासले २५ लाख जम्मा गरे । उनी मातहतका संस्थाहरूबाट थप २५ लाखको जोहो गरिदिए । यसबाहेक अटोवेज प्रालि, केसी ग्रुप, सेलवेज, सुपरमादाी हाइड्रोका सञ्चालक पुष्पज्योती ढुंगाना, क्वालिटी एग्रिगेटका सञ्चालक देवबहादुर ज्वारचन र बि रिभर माइनिङ प्रालिले २५–२५ लाख रुपैयाँ सहयोग घोषणा गरेका थिए । त्यसबाहेक रु १ सङ्कलन अभियान पनि सुरु भयो । सबै गरेर करिब साढे ३ करोडको सङ्कलन भएको बताइएको छ । रकम समयमा सङ्कलन भए पनि प्लान्ट आयात भने निकै ढिला भयो ।
२०७९ मंसिरमा प्लान्ट ल्याएर पश्चिमाञ्चल क्षेत्रीय अस्पताल परिसरमा राखिएको छ । अस्पतालमा तीनवटा प्लान्ट जडान भइसकेकोले यो प्लान्ट आवश्यक नै नरहेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. भरत खत्री बताउँछन् । ‘अक्सिजन प्लान्ट ल्याएर थन्क्याएर राख्नुभएछ । अन्त लगेर दिएको भए हुने हो, हामीलाई नै ल्याएको भनेपछि राख्दिनुपर्यो । तर हामीलाई चाहिएको चाहिँ होइन,’ उनले भने, ‘चाहिएको बेला पाइएन । पाइएको बेलामा चाहिएन जस्तो भयो ।’
उनले अरू अस्पतालमा लैजान आग्रह गरेका छन् । ‘अरू अस्पतालमा लगेर राखिदिए काम त लाग्थ्यो । हामीसँग अहिले नै अक्सिजन प्लान्ट ३ वटा छ । पालैपालो चलाइराख्या छौँ । वास्तवमा यही पनि बढी हो । थप भार किन लिने ?,’ उनले अघि थपे, ‘प्लान्टको हस्तान्तरण अहिलेसम्म भएको छैन । हामीले प्लान्ट बुझेका छैनौँ, उहाँहरूले राखिदिनुस् भनेपछि राखिदिएको मात्रै हो ।’ अस्पताल परिसरमा जमिनको अभाव हुन थालिसकेको उनले सुनाए । अस्पतालमा हाल रहेको प्लान्टबाट दैनिक ४ सय सिलिन्डर अक्सिजन उत्पादन गर्ने क्षमता छ । अस्पतालमा दैनिक १ सय सिलिन्डर अक्सिजन मात्रै उपभोग हुने गरेको र बाँकी अक्सिजन प्रयोगविहीन रहेको प्रशासनले जनाएको छ ।
बतासले अभियान चलाइरहेका बेला प्रवासी नेपाली मञ्चले अर्को अक्सिजन प्लान्ट ल्याएर जोडिदिएपछि अस्पतालमा थप प्लान्ट आवश्यक नपरेको प्रशासनले जनाएको छ । अस्पतालले चाहिँदैन भनेको प्लान्ट जबरजस्ती थुपारेर राखिएको गुनासो खत्रीको छ । ‘हामीसँग जोड्ने पैसा छैन । बतास फाउण्डेसनले नै जोडिदिएपनि मर्मत गर्ने भार हामी लिन सक्दैनौं,’ उनले भने, ‘यो बेकारमा दुरुपयोग गर्नुभन्दा आवश्यक भएको अस्पतालमा लगे राम्रो हुने हो ।’
अभियन्ता नारायण पौडेल प्लान्ट खरिदमा केही ढिला भए पनि मनसाय गलत नभएको बताउँछन् । ‘प्रक्रियागत त्रुटिले केही ढिला भएको हो । हामीले गण्डकी अस्पतालका लागि भनेर ल्याएको प्लान्ट कहाँ राख्ने ?,’ उनले भने, ‘अस्पताललाई आवश्यक नै छैन भने सबैको सल्लाहमा केही विकल्प सोचौँला । तर हामीले गण्डकीकै लागि ल्याएको हो ।’ केही समयभित्रै उपयुक्त ठाउँमा प्लान्ट स्थापना गर्ने उनले बताए । स्वास्थ्य क्षेत्रका सरोकारवालाहरूले प्रदेश सरकारले सञ्चालनमा ल्याएको सङ्क्रामक तथा सरुवा रोग अस्पतालमा यो प्लान्ट राख्न सुझाएका छन् । फाउण्डेसनले ल्याएको प्लान्टबाट दैनिक १ सय ५० सिलिन्डर अक्सिजन निकाल्न सकिने बताइएको छ ।