साझा मञ्च नेपालले यही २०८० कार्तिक ११ गते शनिवारका दिन कर्णालीकाे समृद्धि र हाम्रो भविष्य विषयक अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।
कर्णालीकाे विगत वर्तमान भविष्यमा हुने गतिविधिमा केन्द्रीत रहेर कर्णालीका विशिष्ट व्यक्तित्वहरूसँग समृद्धिकाे पक्षमा याे अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हाे ।
अन्तरक्रिया कार्यक्रममा सामाजिक न्याय , मानवअधिकार, रैथाने शिल्पकला,संस्कृति,दलित आन्दोलन,दलित समुदायको राज्यको हरेक निकायमा प्रतिनिधत्व,समन्वय तथा सम्पर्क ,नवितम कार्यकाे थालनी, र उद्येमशिलता प्रवद्वान लगाएका झण्डै ७ वटा बिषयमा छलफल गरिने साझ मञ्च नेपालका अध्यक्ष वशन्तकुमार विश्वकर्माले बताएका छन् ।
उनका अनुसार सामाजिक अभियन्ता, जनप्रतिनिधि, व्यवसायी, बुद्धिजीवी र सञ्चारकर्मीहरूकाे सहभागीतामा अन्तरक्रिया कार्यक्रमा सहभागी हुने छन् । हरेक क्षेत्रमा दलित समुदायको ठुलाे याेगदान हुँदा हुँदै पनि उचित सम्बाेधन हुन नसक्नु विडम्बना हाे यसकाे सुधारका लागि अफुले यस्तो अन्तरक्रिया कार्यक्रम गर्ने भएकाे उनले बताए ।
अन्तरक्रिया कार्यक्रमवाट निस्केकाे निष्कर्षवाट थप समृद्धिका याेजना बनाउने लक्ष्य रहेकाे अध्यक्ष विश्वकर्माले वताए । साझा मञ्चले २०७२ देखि संविधान निर्माणका लागि सुझाव लगायत सामाजिक न्याय र मानवअधिकारकाे क्षेत्र र नीति निर्माणमा दलित समुदायकाे क्षमता अभिवृद्धि गर्दै आएको छ।
अन्तरक्रिया कार्यक्रम साझा मञ्च नेपालकाे आयाेजनामा कचहरी प्रेस क्लबकाे समन्वयमा सनिश्चवार बिहान ११ बजे कचहरी प्रेस क्लबमा हुने भएकाे छ ।