सुर्खेत । साझा मञ्च नेपालको आयोजनामा कर्णालीको समृद्धि र हाम्रो भविष्य विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न पछि कर्णालीका १० जिल्ला ७९ स्थानीयतहमा विस्तार गर्ने भएको छ । साझा मञ्च नेपालको अध्यक्ष बसन्त कुमार विश्वकर्माको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
कार्यक्रम संचालन संस्थाका महासचिव राजेश सोनीले गर्नु भएको थियो । सो अन्तरक्रिया कार्यक्रममा सामाजिक अभियन्ता, बुद्धिजीवी, व्यवसायी, नागरिक समाज र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो । कर्णालीको समृद्धि, नेपालमा दलित आन्दोलन, सामाजिक न्याय र मानवअधिकार, रैथाने शिल्पकला तथा संस्कृति, समानुपातिक समावेशीता, उद्यमशीलता तथा नव प्रवर्तन, सुशासन, शिक्षा, स्वास्थ्य, र रोजगारी लगायतको विषयमा केन्द्रीत रहेर छलफल गरिएको थियो ।
उक्त कार्यक्रम कचहरी प्रेस क्लबको समन्वयमा क्लवको हलमा गरिएको थियो । कर्णालीको समृद्धि र हाम्रो भविष्य विषयक अन्तरक्रिया कार्यक्रम उपस्थिति रहनु हुने सम्पूर्ण अतिथि एवं सहभागी महानुभावहरूलाई हार्दिक आभार सहित धन्यवाद संस्थाले व्यक्त गरेको छ । सहभागीहरूको अमुल्य सल्लाह तथा सुझाव संस्थाले ग्रहण गरि भावि कार्ययोजना तयार गर्नेछ । साझा मञ्चले कर्णालीको समृद्धिका लागि प्रदेश, १० जिल्ला र ७९ स्थानीय तहमा छलफल, बहश तथा अन्तरक्रिया कार्यक्रमहरू संचालन गर्ने संस्थाका अध्यक्ष वसन्त कुमार विश्वकर्माले बताउनु भएको छ