लामो समय पश्चात अदानचुली गाउँपालिकामा आइ पुगेका निमित्त कार्यकारी अधिकृत र लेखापालले आज हाजीर गर्न पाएका छैनन् । यो सँगै नयँ नियुक्ति लिई आएका ४ जना स्थायी क्रमचारीहरुले पनि हाजिर गर्न पाएनन् ।
गएको साउनमा निमित्त कार्यकारीको जिम्मेवारी पाएका टक्कदत्त प्याकुरेल निलम्बनमा परे पछि गाउँपालिकाका अध्यक्षले अदानचुली ५ करगईका मेखनाथ शाहीलाई निमित्त कार्यकारी प्रमुखको जिम्मेवारी दिएका थिए निलम्बन्नमा परे लगत्तै सत्ता गठबन्धनकै अर्को दल नेकपा माओबादी केन्द्रले आफुहरुसँग कुनै परामर्श नगरी गाउँपालिकाका अध्यक्ष मोहनबिक्रम सिंहले मनोमानी तरीकाले ल्याएकाले मेखनाथ शाही कार्यकारी नमान्ने भन्दै अध्यक्ष बाहेक अन्य कार्यपालिकाको बैठकले स्वास्थ्य शाँखा प्रमुख हंस महतारालाई नित्तित्रको जिम्मेवारी दिएको थियो ।
उक्त जिम्मेवारीलाई कुनै प्रबाश नगरी गाउँपालिकाका अध्यष मोहनबिक्रम सिंहले आफ्नै वडाका मेघनाथ शाहीलाई संघिय मामिला मन्त्रालयबाट निमित्तको जिम्मेवारी लिइ आएका निमित्त कार्यकारी अधिकृत शाहीलाई सुर्खेतमै राखेर गाउँपालिका चलाएको र करिब ३ करोड भन्दा धेरै रकमको दुरुपयोग गरेको भन्दै अत्तीयार दुरुपयोग अनुसन्धान आयोगमा गाउँपलिकाका उपाध्यक्ष कर्ण रोकायाले मुद्धा समेत दाएर गरी सकेका छन्
तर सोही समयमा निमित्त कार्यकारी अधिकृत र लेखापाल गाउँपलिकामा आएर आज अबिहिबार बिहान १० बजे कार्यकक्षमा गई हाजिर गर्ने क्रममा गाउँपलिकाका उपाध्यक्ष कर्ण रोकाया,३ नम्बर वडाका अध्यक्ष डिलबहादुर फडेरा,४ नम्बर वडाका अध्यक्ष मनरिषि पाण्डेय लगायतको टोली गएर अहिले सम्म गाउँपलिका सुर्खेतमा चलाउने अहिले आएर कुनै छलफल परामर्श बिना हाजीर गर्न नपाईने भन्दै हातै समएर आफ्नो कार्यकक्षमा ल्याएर छलफल गरेको तर उनिहरुले कुनै प्रतिकृया नदिएको उपाध्यक्षको भनाई छ तर निमित्त कार्यकारी अधिकृत शाहीले भने आफु सुर्खेतमै भए पनि गाउँपालिकाको सेवा प्रवाहमा कुनै असर नपारी सबै काम गरेको प्रतिकृया दिएका छन् । उनले भने आप्ननो कार्यकक्षमा काम गर्न लागी रहदा उपाअध्यक्ष कर्ण रोकाया, ३ नम्बर वडा अध्यक्ष डील बहादुर फडेरा र ४ नम्बरका वडा अध्यक्ष मनरीसी पाण्डे गएर अभद्र व्यावहारले बाहीर पठाईएको बताउनु भयो ।
अहिले सम्म पालीका बाहीरबाट काम गरेको भन्दै पालीकामा आउने बितीकै कुनै छलफल नभएर काम गर्न नमिल्ने बताएका उपाअध्यक्ष र वडाअध्यक्ष द्धोएले कार्यकक्षमै गएर बाहीर ल्याएर काम गर्न नदीएको गुनासो गरे ।
अधिकृत र लेखापाललाई बाहीर ल्याउने क्रममा प्रमुख प्रसासकीय अधिकृतको कार्यलयका सहयोगी धनबहादरु बुढाले आफुलाई सामान्य हातपात भएको बताए । कार्यकक्षमा गएर बाहीर ल्याउन खोज्दा आफुले यता केही नगर्नुस् भन्दा ४ नम्बरका वडा अध्यक्ष पाण्डे र उपाध्यक्षका कार्यलय सहयोगी दीपक बुढाले हातपात गरेको र भर्याङबाट तली खसालेको प्रतिकृया दिए तर आफुहरुले कुनै हातपात नगरेको र छलफल नगरी कुनै कामकाज गर्न नपाउने भन्दै उनिहरुलाई बोलाउन गएको वडा अध्यक्षको प्रतिकृया छ ।
सो बिषयमा अहिले सम्म पनि कुनै पनि छलफल नभएकाले अहिले साँझ तिर सत्ता गठबन्धनकै दल नेकपा माओबादी केन्द समर्थित कार्यकताहरुले अधिकृत,लेखापाल,प्रशासन,इन्जीनिएर र सुचना अधिकृत शाँखामा तालाबन्दी गरेका छन् ।
यसले अदानचुलीको बिबाद झन् बढ्दो स्थीतीमा रहेको छ भने कार्यकारी अधिकृत शाही र अध्यक्षको कार्यकक्षमा कडा सुरक्षा दिइरहेको छ । गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष आ आफ्नै कार्यकक्षमा बसी रहेका छन् अहिले सम्म उनिहरुको भेट हुँन सकेको छैन । स्थानीय निर्वाचन पश्चात गठन गरिएको सत्ता सञ्चालन संयन्त्रले बसाउने पहल गरेता पनि उनिहरु आ आफ्नै अडानमा देखीए पछि संयन्त्रको बैठक नै बस्न नसेको संयन्त्रका सदस्य समेत रहेका माओबादी केन्द्र अदानचुली गाउँ कमिटिका अध्यक्ष हरीदल पुनको प्रतिकृया छ ।