अदानचुली गाउँपालिकाले दिपावलीको अबसर पारी शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
शुभकामना आदनप्रदान सँगै सहमती सहकार्य र एकता नै अहिलेको आवश्यकता विषयक अन्तरसंबादको आयोजना गरेको उक्त कार्यक्रममा गाउँपालिकाका सम्पुर्ण जनप्रतिनिधिहरु,राजनितिक दलका नेताहरु,बिद्यालयका अध्यक्ष र प्रधानाध्यापकहरुलाई निमन्त्रण गरी सम्पन्न गरेको छ । उक्त कार्यक्रम गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत दिपेन्द्र फडेराको अध्यक्षतामा तथा उपाध्यक्ष कर्ण रोकायाको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । छत्रपाल आधार भुत बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष धन बिष्टले टुटफुटले नभई एकता र सहकार्य गरेरै अगाडी बढ्नु पर्ने बताए
मण्डाल्नी प्राबीका शिक्षक राजबहादुर दानीले यहाँ उपस्थित भएकाहरुसँधै एकता र सहकार्य गरी रहेको देखीन्छ तर अध्यक्ष लगायतका केही जनप्रतिनिधिहरु कहिलै देखीदैनन् कीन ? भन्दै पहिले त जनप्रतिनिधिहरुनै एकता हुँनु पर्ने बताउनु भयो । वडा नम्बर ४ का पुर्व वडा अध्यक्ष बिस्नु थापाले जनतामा सँधै सहकार्य,सहमती र एकता भएको तर जनप्रतिनिधिहरुले एकता गर्नु पर्ने बताउँदै पहिलेको सरकारको खिल्ली उडाउँदै जितेता पनि सोही अनुसारको काम गर्न नसकेको बताउनु भयो ।
एकिकृत समाजबादी अदानचुलीका अध्यक्ष नवराज कार्कीले पनि राजनितिक दलमा सँधै एकता हुँदै आएको छ आफुहरुलाई दिएको जिम्मेवारी पुरा गरेको तर जनप्रतिनिधिहरुले नै गुपछुप गरेको प्रतिकृया दिनु भयो उनले १५ सैयाको अस्पतालको जग्गा जनौटमा राजनितिक दललाई जिम्मा दिएको भए पनि आफुहरुले प्रतिबेदन गाउँपालिकालाई बुझाईसकेको र त्यसको अहिले सम्म पनि कुनै प्रतिकृया नदिएको बताउनु भयो ।
बिजयपुर्णिमा दिन भएको घटना र गाउँपालिकालाई संकेत गर्दै नेकपा माओबादी केन्द्र अदानचुलीका अध्यक्ष हरीदल पुनले भने कोही कसैको पाखुराले शासन नचल्ने बताउदै त्यसको औषधी आफुसँग भएको चुनौती दिनु भयाे ।अनेरास्वीयुका केन्द्रीय सदस्य जयराज सञ्ज्यालले पनि बिजयपुर्णिमा दिन भएको घटनाको संकेत गर्दै जिम्मेवारीबाटै गल्ती हुँने गरेकाले दिशमा ढुंगा हाने आफैलाई छिटा पर्ने बताए ।
अधिकांस बक्तले अहिले सरकारले कुनै काम गर्न नसकेको भनि रहँदा नेपाली काँग्रेश अदानचुली गाउँ कार्यसमितिका सभापति बिस्नु भण्डारीले भने पहिले भन्दा अहिले बिकास भएको छ कसैको ब्यक्तिमा पैसा नगएको बरु फ्रिज गएर सरकारकै खातामा गएको बताउनु भयो । नेकपा माओबादी केन्द्र कर्णाली प्रदेश कमिटि सदस्य अनिता बुमीले भने गाउँपालिकाका अध्यक्षलाई बैदेशीक रोजगारमा गए जस्तै गाएब भएको आरोप लगाएकी छन् ।
यता ३ नम्बर का वडा अध्यक्ष डिलबहादुर फडेराले भने सम्पुर्ण एजेण्डामा सहमती सहकार्य हुँनु पर्छ भन्ने होईन हुँने कुरालाई सँधै सहमती र सहकार्य गर्ने नतर नागरीकका एजेण्डा बाहेकका कुरामा सहमती नगर्ने प्रतिबद्धता जनाउनु भयो भने वडा नम्बर ४ का वडा अध्यक्ष मनरीसि पाण्डेले अहिलेको सरकार शुसासनको पक्षमा रहेको औल्याउदै अधिकांस समय यस अघिको सरकारको आलोचना गर्दै समय बेथित गरेका छन् । यता वडा नम्बर ६ का वडा अध्यक्ष बृख बुढाले गाउँपालिकाको बिकासको निम्तिी ५ वटा संस्थासँग सम्झौता गरी सकेको बताउनु भयो ।
यस अघि भएका तिता कुराहरुलाई बिर्षेर अब सहमती सहकार्य र भेटघाटको माध्यय बनाएकोमा सबैलाई धन्यबाद दिनु भएको छ । उपस्थित सबैले दिएका सल्लाहलाई सिरोधार्य गर्दै आगामि दिनको लागि सुझाबको रुपमा लिएको बताउनु भयो,उनले सत्ता भित्रको संघर्षलाई ब्यक्तिगत स्वार्थको लागि नभई न्यायको लागि भएकाले सबैलाई साथ दिन आग्रह गर्नु भयो ।