स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ सर्केगाड गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनाैट प्रतियोगिता सुरु भएकाे छ ।
अन्य गाउँपालिका भन्दा केही ढिला गरी हुँन लागेकाे सर्केगाड गाउँपालिकाकाे राष्ट्रपति रनिङ शिल्ड छनाैट प्रतियोगिताको गाउँपालिका अध्यक्ष ठान बहदुर रोकायले बिहिबार उद्घाटन गर्नु भएको छ। उद्घाटन कार्यक्रमलाइ सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष रोकायले यो प्रतियोगिता हार र जित नभई मित्रता बढाउन र विद्यार्थीहरुकाे लुकेर रहेका प्रतिभा देखाउने उद्वेश्यले खेलकुद प्रतियोगिताकाे आयाेजना गरिएकाे बताउनु भयाे ।
प्रतियोगितामा छात्रछात्रा भलिवल, फुटबल, ज्याभ्लिन थ्राे, हाईजम्प, त्रिपलजम्प, लङजम्प, कवड्डि र दौड लगायत १६ किसिमका खेल खेलाईने आयाेजकले जनाएकाे छ। पाँचौ रास्ट्रपति रनिङ सिल्ड ९ गते सम्म हिम ज्योति माबीको खेलमैदानमा संचालन हुने भएकोछ।
प्रतियोगितामा सरस्वती माबी जैर, कोट माबी रोडिकोट, लालिगुराँस माबी लिप्ने र हिम ज्योति माबी सर्केगाड बिच प्रतिस्पर्धा हुने भएकोछ।
सर्केगाड गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत, आठै वडाका जनपर्तिनिधीहरु,सबै शाँखा प्रमुखहरु, विभिन्न राजनितीक दलका नेता र सर्केगाड गाउँ बासिहरुको बाक्लो उपस्थितिमा पहिलो खेल कोट माबी र सरस्वती माबी बिच छात्र तर्फको भलिबल संचालन भएको छ ।
अघिल्लो जिल्ला स्तरीय रास्ट्रपति रनिङ सिल्ड सर्केगाड गाउँपालिका बिजय भएको थियो भने यो बर्षको जिल्ला स्तरीय रास्ट्रपति रनिङ सिल्ड २६ गतेबाट चङखेली गाउँपालिकामा हुने भएकोछ।